भ्याटमा दर्ता भएका करदाता २ लाख ८६ हजार, प्यान लिनेको सख्या ४० लाख नाघ्यो

काठमाडौं, २७ जेठ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ८६ हजार ८४३ पुगेका छन्।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा अभिवृद्धि कर भ्याटमा ३० हजार ८ सय ८० करदाता थपिएका छन् ।

कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।

त्यस्तै अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १० हजार ९३७ पगुेको छ। चालु आर्थिक बर्षको फागुन चैत मसान्तसम्ममा १६ हजार ६ सय ४५ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४० लाख ३ हजार ५१३ पुगेको छ । स्थायी लेखा नम्बर लिने करदाता आर्थिक बर्षको ९ महिनामा ६लाख ६६ हजार २१ जना थपिएका छन् ।

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १५ लाख ८० हजार ६५१ व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख १४ हजार १२ करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ८ हजार ८ सय ५० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here