मन्त्रिपरिषद विस्तार हुँदै, यी हुन् थपिन लागेका मन्त्रीहरु

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

स्रोतको अनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

यसअघि जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोको नेतृत्वमा मन्त्रिमण्डल विस्तार गरिएको थियो।

प्रधानमन्त्री ओलीले आज पनि जसपाका राजकिशोर यादवलाई मन्त्री बनाएका बताइएको छ। उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ।

वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here