वैदेशिक व्यापार: भारतसँग ७ खर्ब ३६ अर्बको व्यापार घाटा

काठमाडौं, २७ जेठ । आर्थिक वर्ष २०७७/ ७८ को पहिलो १० महिनामा नेपालको व्यापार घाट बढेको छ । आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब ६३ करोड रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा बस्तु व्यापारघाटा ८९ प्रतिशतले सुधारभई ९ खर्ब १६ अर्ब ६३ करोड रहेको थियो । आर्थिक वर्ष २०७७/ ७८ को पहिलो १० महिनामा नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब व्यापार घाटा रहेको छ । नेपालको व्यापार घाटा बढी रहेको दोस्रो मुलुकमा चीन रहेको छ । चीनसँग १ खर्ब ८२ अर्ब २९ करोड व्यापार घाटा रहेको छ ।

अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड, युएईसँग ३० अर्ब २२ करोड र युक्रेनसँग १३ अर्ब १५ करोड ५५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here