काठमाडौं, २८ जेठ । दृष्टिविहीन प्रयोगकर्ताहरुले मोबाइल वालेटले पूर्णरुपमा डिजिटल नीति लिन नसकेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ )नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
दृष्टिविहीन लगानीकर्ता मनोज पंगेनीले प्रभु बैंकले ल्याएको ‘प्रभु पे’ले मात्र नेपालका दृष्टिविहीनलाई समेटेको बताए। उनले प्रभु पेमार्फत कारोरबार गर्न आफूहरुलाई सहज हुने बताए।