‘बैंकको भौतिक संरचना दृष्टिविहीनको पहुँच बाहिर’- उपाध्यक्ष शर्मा

काठमाडौं, २८ जेठ । नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्थाको भौतिक संरचना दृष्टिविहीनको पहुँच बाहिर रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। बैंक तथा वित्तीय संस्थाको भौतिक संरचना दृष्टिविहीनमैत्री नभएकाले धेरै दुख पाउने गरेको उनको भनाई थियो ।

जसको कारण ऋण लिन,पैसा राख्न/ झिक्न, एटीएम चलाउन दृष्टिविहीनको लागि सजिलो नभएको बताए । ऋण लिनको लागि बैक पुगेपछि दृष्टिविहीन भनेपछि फाइल नै अघि नबड्ने, प्रथामिकतामा नपर्ने गरेको उनले गुनासो गरे ।

साथै बैंकका कर्मचारीले आफूहरुलाई ग्राहकको रुपमा नहेर्ने गरेको बताए । उनले ने,’गेटबाट नै आत्मसम्मानमा चोट पुर्‍याउने व्यवहार हुने गरेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here