कोपाका लागि मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टिम घोषणा, को-को परे ?

काठमाडौं, २८ जेठ । अर्जेन्टिनाले कोपा अमेरिकाका लागि टिमको घोषणा गरेको छ ।

अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा कप्तान मेस्सीसँगै सर्जियो अगुएरो र लुकास एलारियो छन्। यता, विंगर लुकास ओकम्पासले भने स्थान बनाउन सकेनन्।

विश्वकप छनोटमा चिलीसँग १–१ गोलको बराबरी खेलेको खेलमा उनी शुरुआती रोजाइमा परेका थिए।

यस्तै, जुलिएन अल्भारेजलाई विकल्पमा राखिएको छ। चोटसँग जुधिरहेका लुकास एलारियोले पूर्ण ठीक नभएकाले उनलाई विकल्पमा राखिएको हो।

अहिले सम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले ब्राजिलमा आयोजना हुने कोपा अमेरिकाका लागि लियोनेल मेसीको कप्तानीमा टिम घोषणा गरेको छ ।

यहि जुन १४ देखि शुरु हुने कोपामा अर्जेन्टिना समुह बि मा रहेको छ । समुह बि मा अर्जेन्टिनासहित बोलिभिया, चिली, पराग्वे र उरुग्वे रहेका छन् ।

अर्जेन्टिनाको टोली:

गोलरक्षक – फ्रान्को अर्मानी, इमिलियानो मार्टिनेज, जुवान मुस्सो र अगस्टिन मार्चेसिन ।

डिफेन्डर – गोन्जालो मोन्टिइल, निकोलस ओटामेन्डी, जर्मन पिज्जीएला, निकोलस ट्याग्लिएफिको, लुकास मार्टिनेज क्वार्टा, मार्कोस एकुना, लिसान्ड्रो मार्टिनेज, नाहुएल मोलिना लुसेरो र क्रिस्टियन रोमेरो ।

मिडफिल्डर – लियान्ड्रो पारेडेस, जियोभानी लो सेल्सो, एक्सक्विल पालासिओस, निकोलस गोन्जालेज, गुइडो रोड्रिग्वेज, रोड्रिगो डी पउल, एलेजान्द्रो गोमेज, एन्जल कोरिया, निकोलस डोमिन्ग्वेज ।

फरवार्ड – लियोनेल मेसी, लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरोआ, सर्जियो अग्युरो र लुकास एलारियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here