थप ३७५० जनामा कोरोना संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त

काठमाडौं, २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३७५० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ७५ हजार २७५ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here