युरोकप : टर्कीलाई हराउँदै इटालीको विजयी शुरुवात

काठमाडौं, २९ जेठ । युरोकप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिल र लोरेन्जो इन्जाघीले १–१ गोल गरे । खेलको पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिए पनि इटालीले दोस्रो हाफमा शानदार खेल खेल्दै तीन गोल गरेको थियो ।

युरोकप अन्तर्गत आज तीन खेल हुदै छन् । नेपाली समय अनुसार पहिलो खेल वेल्स र स्वीट्जरल्याण्डबीच ६:४५ बजे शुरु हुने छ भने दोस्रो खेल डेनमार्क र फिनल्याण्डबीच ९:४५ बजे शुरु हुने छ । त्यस्तै तेस्रो खेल बेल्जियम र रसियाबीच राति १२: ४५ बजे शुरु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here