पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी प्रदेश सरकारको निर्णय

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।

यसैगरी प्रदेशको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सामान्य छलफल मन्त्रिपरिषद्ले गरेको छ । सरकारको प्रवक्तामा कुमार खड्कालाई तोक्ने निर्णय बैठकले गरेको हो ।

यसअघि, मुख्यमन्त्रीमा नियुक्ति लगत्तै शनिबार कृष्णचन्द्र नेपाली पोखरेलले स्तन तथा पाठेघर क्यान्सरका बिरामीको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । शपथ तथा पदभार ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री पोखरेलले सो निर्णय गरेका हुन् ।

यस्तै विपद् व्यवस्थापनका लागि विज्ञसहितको टोली बनाउने निर्णय पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here