असार ६ देखि एनआइसी एशियाको ३० लाख कित्ता ऋणपत्र विक्रीमा आउँदै

काठमाडौं, ३० जेठ । एनआइसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ‘एनआइसी ऋणपत्र २०८८’ नामक ऋणपत्र विक्रीमा ल्याउन लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लगेको हो । निष्काशन हुने कुल ३० लाख ऋणपत्रमध्ये १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ भने १२ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्वा इजाजत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रको विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

बैंकको ऋणपत्रलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ‘केयर एनपी सिंगल ए रेटिङ’ प्रदान गरेको छ । यसले बैंकको ऋणपत्रमा लगानी गर्नु सुरक्षित रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here