यी हुन काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएका क्षेत्रहरु (सूचनासहित)

फाइलफोटो

काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्ष निकालेको छ ।

बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरे पनि केही क्षेत्रहरु केही खुकुलो बनाउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

यस्तै, होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न पाउने भएक छन् भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न दिइने निर्णय भएको छ । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गरिएको छ । बिउ, मल लगायत कृषि सामग्री ढुवानी गर्न दिइने भएको छ ।

यस्तै, हप्ताको दुई दिन आइतबार र बिहीबार सहकारी संस्था खोल्न दिने भएको हो। बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी-साधनको आवतजावतमा समेत सहजीकरण बनाइने जनाइएको छ ।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।

उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here