१५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । त्यस्तै ३६४ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ।

९ अर्बको ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुनेछ । ६ अर्बको उक्त ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर मंगलबारबिक्री हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here