सहकारी र रेमिट हप्तामा दुई दिन मात्रै खुल्‍ने, बैंक वित्तीय संस्थाका लागि यस्तो छ व्यवस्था

संकेतिक तस्विर

काठमाडौं, ३१ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो । निषेधाज्ञा थपेपनि सर्वसाधारणहरूका लागि केही खुकुलो बनाइएको छ ।

थपिएको निषेधाज्ञामा बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाउने भएका छन् भने सहकारी तथा रेमिट कम्पनीहरूले साताको दुई दिन खोल्न पाइने भएको छ । अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्‍ने भएको छ ।

यस्तै बैंक तथा बीमा कम्पनीहरु भने साविकै व्यवस्था अनुसार सञ्चालन गर्नु पर्नेछ ।

हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

त्‍यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्‍म सहभागी हुन पाइनेछ । विवाह आफ्‍नो घर वा बसेको स्थानमा गर्न पाइनेछ ।

विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुला/बेहुलीसहित) प्रयवष गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ । काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

यस्तै, होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न पाउने भएक छन् भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न दिइने निर्णय भएको छ । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गरिएको छ । बिउ, मल लगायत कृषि सामग्री ढुवानी गर्न दिइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here