कोपा अमेरिका: ब्राजिलको विजयी शुरुवात, अर्जेन्टिना र चिली भिड्दै

काठमाडौं, ३१ जेठ । दक्षिण अमेरिकी क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका शुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक ब्राजिलले विजयी शुरुवात गरेको छ ।

ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा मार्क्यूइनोज, नेइमार र गाब्रियल बार्बोसाले एक-एक गोल गरेका थिए ।

यो जितपछि ब्राजिलले प्रतियोगितामा सुखद शुरुवात गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । ब्राजिल ९ पटकको कोपा अमेरिका विजेता राष्ट्र हो । ४७औं संस्करणको कोपा अमेरिका कोरोना भाइरसको महामारीका ढिला गरी शुरु भएको हो ।

कोपा अमेरिकाको समूह चरण अन्तर्गतको पहिलो खेलमा आज अर्जेन्टिना चिलीसंग भिड्दै छ । यी दुई टिमबिचको खेल नेपाली समय अनुसार रातको २१५ बजेबाट सुरू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here