कारोबारको एक घण्टा: नेप्से ३ हजार माथि, ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ३१ जेठ । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकघण्टा १२ बजे सम्ममा ४२.४४ अंकले बढेको छ । यो सँगै परिसूचक ३०२५.५४ को बिन्दुमा पुगेको छ । नेप्सले ३००० विन्दु नै हालसम्मको नयाँ रेकर्ड हो ।

सोमबार कारोबारमा आएका २०८ कम्पनीको १ करोड ७ लाख ७५ हजार ५१५ कित्ता शेयर ५३ हजार ६९३ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ७३ करोड १९ लाख ६५ हजार ५९५ रुपैंया बराबरको कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्यमा १० प्रतिशत बढेको छ भने अन्यको सर्किट लेभलले बढेको छ ।

ओरियन्टल होटेल, सीईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटेल लगायत १० प्रतिशतको हाराहारीमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here