सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं, १ असार । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले चालू आर्थिक वर्ष २०७७/०७८ भन्दा करिब ३ अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षका २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट रहेको छ ।

चालू आर्थिक बर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here