चेक रिपब्लिक युरोकपको क्‍वार्टरफाइनलमा, नेदरल्याण्ड्स पराजित

काठमाडौं, १४ असार । चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्‍वार्टरफाइनल यात्रा तय गरेको हो ।

चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो ।

चेक गणतन्त्रले मिडफिल्डर थोमस होलेसले ६८औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको थियो ।

एक जना खेलाडीको घाटा बेहोरेको डच रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको चेक टोलीका लागि उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले दोस्रो गोल गरे ।

क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here