थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त

काठमाडौं, १४ असार । पछिल्लो २४ घण्टामा देशभर २४४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६४८ पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८५३ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here