शेयर बजारको ओरालो यात्रा कायमै, ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १६ असार । शेयर बजारको ओरालो यात्रा बुधबार पनि कायमै रह्यो । आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८८ अंकमा झर्यो ।

बुधबार कारोबार रकममा पनि कमी आएको छ । आज २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँको कारोबार भयो ।

आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्नेमा सबै फाइनान्स कम्पनी छन् । सपोजेटिभ सर्किट लाग्नेमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, बहुउदेश्य फाइनान्स कम्पनी र पोग्रेसिभ फाइनान्स छन् ।

बुधबार पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै,सेन्ट्रल फाइनान्सको ९.९७, नेपाल फाइनान्सको ९.८६ प्रतिशत, बहुउदेश्य फाइनान्स कम्पनीको ९.७५ प्रतिशत र पोग्रेसिभ फाइनान्सको ९.६८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हाइड्रोइलेक्ट्रिसिटी कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ४.२८ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल इन्स्योरेन्स कम्पनीले गर्यो । नेपाल इन्स्योरेन्सले ३० करोड ४२ लाख ५८ हजारको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here