चितवनमा चौधरी ग्रुपको फर्न रेजिडेन्सी

चितवन, ३२ जेठ । चौधरी समूह (सीजी)ले भरतपुरमा निर्माण गरेको ल्याण्डमार्क कम्प्लेक्समा सुविधा सम्पन्न होटल द फर्न रेजिडेन्सी सञ्चालनमा ल्याएको छ ।

‘सिजी हस्पिटालिटी’ अन्तर्गत द फर्न रेजिडेन्सीको नामबाट चेन होटल सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । दुई महिना अघि यो होटलको सफ्ट लन्च गरिएको थियो ।

चार तारेसरहको सुविधा दिने गरी यसै महिनाबाट होटलले सेवा दिन शुरु गरेको छ। नेपाल भित्रने पर्यटकका लागि चितवन तेस्रो गन्तव्य हो ।

यस क्षेत्रमा जङ्गल सफारी र व्यावसायिक प्रयोजनको लागि घुमघाम गर्न आउने पर्यटकलाई लक्षित गर्दै सीजीले यो होटल सञ्चालनमा ल्याएको जनाएको छ। होटलका महाप्रबन्धक सूरज थापाका अनुसार बहुतले भवनको पाँचौँ तल्लादेखि दशौँ तल्लासम्म ४८ कोठा रहेका छन् । सबै कोठाबाट भरतपुरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ । छैटौँ तल्लामा पौडी पोखरी, अपाङ्गमैत्री कोठा र दुई वटा १ सय ५० जना अट्ने सभा कक्ष रहेका छन् । होटलले प्रयोगमा आएका पानी र ठोस पदार्थलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याएको छ।

चितवनकै मेघौलीमा पनि चौधरी समूहको होटल ताज रहेको छ । चेन होटल द फर्न रेजिडेन्सी नेपाल भारत र युरोपमा गरी ६३ वटा छन् । भवनमा सपिङ कम्प्लेक्स, फुडकोर्ट, सिनेमा घर, रिक्रिएशन सेन्टर, बैंक, ट्राभल एजेन्सीसहितको सुविधा छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here