यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, २२ असार । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । मंगलबार नेप्से ५२४ अंकले घटेर २८१८. ११ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएका छन् ।

साताको तेस्रोदिन कारोबारको आधारमा हिमालयन डिस्ट्रीलरी कम्पनीको सर्वाधिक कारोबार भएको छ । हिमालयनको ३५ करोड ८९ लाख २ हजार ७४५ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा अपर तामाकोशीको शेयर परेको छ । अपरको २० करोड ५२ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

नेपाल बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । नेपाल बैंकको १३ करोड ६५ लाख ८४ हजार ५६५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । निफ्राको १२ करोड ३७ लाख ४६ हजार ८५३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा नेशनल हाइड्रोपावरको शेयर परेको छ । नेशनलको १० करोड ७५ लाख ६९हजार ३५७ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here