एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी भन्दा निक्षेप संकलन तेब्बर बढ्यो

काठमाडौं, २२ असार । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् ।

निषेधाज्ञाको अवधिमा वाणिज्य बैंकहरु कर्जा लगानीमा भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक सातामा नै बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी जम्मा १५ अर्बले बढाएका छन् ।

संघले १८ गतेसम्मको मात्रै तथ्यांक सार्वजनिक गरेको हो। यो अवधिमा बैंकहरुको निक्षेप ३९ खर्ब ९९ अर्ब रुपैयाँबाट बढेर ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जुन असारको पहिलो सातामा ३९ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै थियो ।

बैंकहरुले असारको तेश्रो सातामा ३६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उनीहरुले अघिल्लो साता ३६ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

असार अन्त्य हुँदै गर्दा दिनप्रतिदिन सरकारी खर्च बढेको देखिन्छ। ज सकारण अहिले बैंकहरुमा समेत निक्षेप बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here