युरोकप: पुरस्कारमा मात्रै ७७५ मिलियन युरो खर्च गर्दै युइएफए, विजेताले कति पाउँछन् ?

काठमाडौं । युरोपियन फुटबलको महाकुम्भ युरोकपको फाइनल भिड्ने टोलीको टुंगो लागिसकेको छ । विभिन्न ११ शहरमा भएको युरोकपको फाइनलमा इटाली र इङ्ल्याण्ड भिड्दै छन् ।

हरेक चार बर्षमा हुने यो प्रतियोगिता गतबर्ष नै हुनुपर्नेमा कोरोना महामारीका कारण यस बर्ष भएको हो ।

यस बर्ष विभन्न २४ टिमलाई हरेक समुहमा चार-चार देशको हिसाबले ६ समुहमा विभाजन गरिएको थियो । हरेक समुहका विजेता र उपविजेता टिम गरि १२ टिम तथा तेस्रो स्थानमा रहेका ६ टिमका उत्कृष्ट चार टिमसहित गरेर १६ टिम दोस्रो चरणमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा लण्डनमा हुनेछ ।

पुरस्कार राशी कति छ ?

युरोकपमा सहभगी हुने सबै २४ टिम हरेकले ९.२५ मिलियन युरो अर्थात करिब एक अर्ब ३१ करोड नेपाली रुपैयाँ पाउने छन् । फेडेरेसन अफ युरोपियन फुटबल एसोसियसनले युरोकपमा सहभागी हुने हरेक टिमलाई यो रकम दिने घोषणा गरेको छ ।

यसरी युइएफएले युरोकपमा सहभागी भएर विजयी हुने टिमले ३४ मिलियन डलर अर्थात करिब ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पुरस्कार राशि पाउने छ ।

युइएफएले सहभागी हुने हरेक २४ टिमलाई ९.२५ मिलियन युरो, समुह चरण खेल्ने हरेक देशलाई खेल जितेमा थप १.५ मिलियन र बराबरी खेलेमा ७ लाख ५० हजार युरो दिने भएको छ ।

त्यस्तै अन्तिम १६ मा पुग्ने हरेक टिमले २ मिलियन थप पाउने छन् । त्यस्तै क्वाटरफाइनलमा पुग्ने हरेक टिमले ३.२५ मिलियन युरो पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले थप ५ मिलियन युरो पाउने छन् । त्यस्तै उपाधि जित्ने टिमले १० मिलियन युरो र उपविजेताले ७ मिलियन युरो पाउने युइएफएले घोषणा गरको छ ।

यसरी उपाधि जित्ने टिमले कुल ३४ मिलियन अर्थात ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पुरस्कार राशि पाउने छ ।

त्यस्तै युइएफएले चार बर्षको साइकलमा कुल ७७५ मिलियन युरो अर्थात करिब एक खर्ब ९ अर्ब रकम पुरस्कारमा खर्च गर्दै छ । भने यस युरोकपमा ३७१ मिलियन खर्च गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here