काठमाडौं, २४ असार । मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले बोर्डमा आवेदन दिएको ४ वर्षपछि आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले २०७४ माघ १८ गते सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।
मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।
कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।
कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।