दुई कम्पनीको ९ लाख ५७ हजार बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । बिहीवार नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

सिभिल लघुवित्तको ३.५ प्रतिशतका दरले हुन आउने ८१ हजार ८७६.७९५ कित्ता बोनस शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सिभिल लघुवित्तको चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको जेठ १० गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here