थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

काठमाडौं, २४ असार । पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५३७४ पीसीआर परीक्षणमा १२१८ र ५१३० जनाको एन्टिजेन परीक्षणमा ६५७ जना गरी १८५७ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here