यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ २४ पैसा

काठमाडौं, २५ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here