साताको शेयर बजार: परिसूचक २८२४ विन्दुमा, कारोबार २३ अर्बमा सिमित

काठमाडौं, २५ असार । धितोपत्र बजारमा यस साता २३ अर्ब बढीको कारोबार भएको छ । यो साता २२४ वटा कम्पनीको २ लाख ५७ हजार ३ सय ८२ पटकको कारोबारमा ५ करोड ५८ लाख ४८ हजार ५१३ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोबार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार ३६१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।

गतसाता ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार २३२ रुपैयाँको कारोबार भएको थियो भने १० करोड ३३ लाख ८८ हजार ६६६ कित्ता शेयर-खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदी परेका छन् ।

यसैगरी शेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, आदि परेका छन ।

पुँजीकरणका आधारमा भने यो साता टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको परेका छन् ।

सुचीकरणतर्फ भने यो साता सिभिल लघुबित्त बित्तीय संस्था, निर्धन उत्थान लघुबित्त बित्तीय संस्था, साँग्रिला डेभलपमेन्ट बैंक सहितका सात वटा कम्पनीहरुको बोनस शेयर तथा ऋणपत्र सूचीकृत भएका छन् ।

यो साता नेप्से २८२४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५२९.६६ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here