फाइनलमा अर्जेन्टिनालाई ५–० गोलले जित्ने ब्राजिलका राष्ट्रपतिको दाबी

काठमाडौं । ब्राजिलमा जारी ४७औँ संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता फुटबलप्रेमीका रौनक नै बनेको छ । अझ, फाइनलमा ब्राजिल र अर्जेन्टिना पुगेका कारण पनि हरेक उमेरसमूह दक्षिण अमेरिकन फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा आफ्नो फेवरेट टिमको समर्थनमा जुटेका छन् ।

यस्तैमा, ब्राजिलका राष्ट्रपतिले भने अर्जेन्टिनामाथि शानदार जित निकाल्दै आयोजक राष्ट्रले उपाधि घरमै राख्ने बताएका छन् । राष्ट्रपति जेर बोल्सोनारोले फाइनलमा अर्जेन्टिनाविरुद्ध ब्राजिल ५–० गोलान्तरले विजयी हुने बताएका हुन् ।

‘फुटबलमा प्रतिद्वन्द्वी टिम ब्राजिल र अर्जेन्टिनाको भिडन्त आइतबार माराकनामा हुँदैछ । जसमा ब्राजिल ५–० गोलले विजयी हुनेछ’, उनले एक कार्यक्रममा भने, ‘ब्राजिल र अर्जेन्टिनाले आइतबार बिहान ५ः४५ बजे कोपा अमेरिकाको उपाधिका लागि खेल्नेछन् । उपाधिका प्रबल दावेदार टिमहरूबीचको उक्त खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।’ (मार्का)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here