बालबालिका तरकारी रुचाउदैनन् ? यसरी खुवाउनुहोस्

काठमाडौं । प्राय बच्चाहरुमा तरकारी नखाने वा खान नरुचाउने समस्या हुने गर्दछ । यसै विषयमा अमेरिकामा एक अध्ययन गरिएको छ । पेन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एक अध्ययन गर्दै बालबालिकालाई तरकारी खुवाउने तरिका बारे सुझाव दिएका छन् ।

अनुसन्धानका क्रममा बच्चाहरुको थालमा तरकारीको मात्रा साधारणतया दिइने भन्दा बढी राखेर दिदा ६८ प्रतिशतभन्दा बढी तरकारी बच्चाहरुले खाएको पाइएको उल्लेख छ ।

यो अध्ययनपछि प्रकाशित रिपोर्टमा बच्चाहरुले खाने तरिकाको अध्ययन गर्न ६७ बच्चाहरुमाथि अनुसन्धान गरिएको थियो । जसमा २६ बालक र ४१ बालिका रहेका थिए । उनीहरुको औसत उमेर ३ देखि ५ बर्ष रहेको थियो ।

२८ दिनसम्म गरिएको यस अनुसन्धानमा बालबालिकालाई लन्चमा ब्रोकाउली र मकै लग अलग किसिमले बनाएर दिइएको थियो । यसमा नुन र घ्यूको पनि प्रयोग गरिएको थियो । यसका साथै माछा, भात र दुध पनि दिइएको थियो ।

चार सातासम्म अलग अलग तरकारी खाएपछि उनीहरुको खाने तरिका अध्ययन गर्दा बढी नुन र घ्यू राखेको खानेकुरा कम खाएको देखिएको थियो ।

अनुसन्धानकर्ता हनिम दिकटसले यस अनुसन्धानले विश्वभरका अभिभावक, शिक्षक र बच्चाको रेखदेख गर्नेहरुलाई सहयोग गर्ने बताएका छन् । उनले बच्चालाई कति मात्रामा तरकारी खान प्रेरित गर्ने भन्ने यसले सहयोग गर्ने बताएका छन् ।

अनुसन्धानले बालबालिकालाई उनीहरुको मनपर्ने तरकारी दिनुपर्ने र उनीहरुलाई मन नपर्ने तरकारी खुवाउन जबरजस्ती गर्न नहुने बताएको छ । साथै अनुसन्धानले सुस्त सुस्त बच्चाको थालमा तरकारीको मात्रा बढाउन सुझाव दिएको छ । यसलाई बच्चाले जसरी खान मन पराउछ, त्यसरी नै तयार गर्दै लैजानु पर्ने बताइएको छ ।

अनुसन्धानकर्ता बारबार जे रोल्सले तरकारी खुवाउने कुरामा बच्चासँग परिक्षण गर्न र नयाँ तरिका अपनाउन कोशिश गर्न नछोड्न सल्लाह दिएकी छन् ।

त्यस्तै, ब्रिटेनको स्वास्थ्य एजेन्सी एनएचएसले त बच्चालाई दिनभरमा पाँच पटक अलग अलग किसिमका फलफुल र तरकारी खुवाउनु पर्ने बताउछ । यसमा उमेर, शरीर र बच्चाको दिनभरको गतिबिधि अनुसार मात्रा बढाउदै लैजान एनएचएशले सुझाव दिएको छ । अमेरिकी गाइडलाइनका अनुसार बच्चाले हरेक दिन १.५ कप सब्जी खानुपर्ने उल्लेख छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here