एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा

काठमाडौं, २५ असार । एएफसी यू-२३ एसिया कप छनोट प्रतियोगिताको ड्र सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासंघ(एएफसी) ले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। जसमा नेपाल समूह ‘बी’ मा परेको छ । त्यस समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् ।

४२ वटा टिमलाई ११ समूहमा विभाजन गरिएको छ। छनोटका खेल सन् २०२१ को अक्टोबर २३ देखि ३१ सम्म हुनेछन् । छनोटबाट १५ वटा टोली फाइनल चरणमा पुग्नेछन्।

उज्वेकिस्तान आयोजकका रुपमा यसअघि नै छनोट भइसकेको छ। छनोटका लागि एएफसीले वेस्ट रिजन र इस्ट रिजन भनि छुट्याएको छ। व‍ेस्ट रिजनमा ४ वटा टिमका पाँच वटा समूह र तीनवटा टिमको एउटा समूह छ।

यसैगरि इस्ट रिजनमा चार वटा टिमका ४ वटा समूह र तीन वटा टिमको एउटा समूह छ। ११ समूह विजेता र शीर्ष चार उपविजेता टोली छनोट हुनेछन्।

समूह विभाजन

समूह ए : सिरिया, कतार (आयोजक), यमन, श्रीलंका

समूह बी : इरान, ताजकिस्तान (आयोजक), लेवनान, नेपाल

समूह सी : इराक, बहराइन (आयोजक), अफगानिस्तान, माल्दिभ्स

समूह डी : साउदी अरेबिया, बंगलादेश, कुवेत (आयोजक), उज्वेकिस्तान

समूह ई : युएई (आयोजक), ओमान, भारत, किर्गिस्तान

समूह एफ : जोर्डन (आयोजक), प्यालेस्टाइन, तुर्केमिनिस्तान

समूह जी : अस्ट्रेलिया, चीन, इन्डोनेसिया (आयोजक), ब्रुनाइ

समूह एच : दक्षिण कोरिया, सिंगापुर (आयोजक), इस्ट टिमोर, फिलिपिन्स

समूह आई : भियतनाम, म्यानमार, हङकङ, चाइनिज ताईपेई (आयोजक)

समूह जे : थाइल्यान्ड, मलेसिया, लाओस, मंगोलिया (आयोजक)

समूह के : उत्तर कोरिया, जापान, कम्बोडिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here