शैक्षिक र स्वास्थ्य क्षेत्र उकास्न विश्व बैंकले १० करोड डलर ऋण दिने

काठमाडौं, २५ असार । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंक निर्देशक फरिस हदाद जेरभर्सले उक्त ऋण स्वीकृत गरेका हुन्।

बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्नेछ।

उक्त रकम कोभिड–१९ महामारीपछि समस्यामा परेको शैक्षिक र स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड डलर खर्च गर्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here