मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं, २५ असार । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर आइपीओ अर्को साता बाँडफाँड हुने भएको छ ।

शुक्रबार ‘प्रि अलटमेन्ट’ सम्पन्न गरेको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सोमबार शेयर बाँडफाँड गर्ने तयारी गरेको जनाएको हो ।

अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी सोमबार शेयर बाँडफाँड गर्ने तयारी भईरहेको क्यापिटलले जनाएको हो । आइपीओमा माग भन्दा ७३ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

निष्काशन हुने कुल शेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणको लागि खुल्ला गरेको थियो ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here