च्याउ खानुको फाइदै फाइदा

काठमाडौं । पोषक तत्वले भरिपुर्ण च्याउ नेपाली समाजमा औधी मन पाईन्छ । च्याउको स्वाद मिठो मात्र नभएर यसको धेरै फाईदाहरु समेत छन् जसले गर्दा च्याउको सेवन बढ्दो छ ।

च्याउमा पाईने एमीनो एसिड, भिटामिन जस्ता पौष्टिक तत्वले हाम्रो शरीरको धेरै थरिका बिमारीहरुबाट बचाउँछ । यदि तपाईलाई च्याउ तरकारीको रुपमा मिठो नलागे यसलाई सलाद वा नुडल्समा हालेर समेत सेवन गर्न सक्नुहुनेछ ।

फंगल संक्रमणबाट बचाउछ

च्याउमा पाईने एंटीऑक्‍सीडेंट तत्त्वले हानिकारक फ्री रेडिकल्‍सबाट बचाउँछ । च्याउको सेवन गर्नाले शरीरमा एंटीवायरल र प्रोटिनको मात्रा बढ्छ जसले गर्दा शरीरको कोषहरूलाई रेपेयर गर्दछ ।

यो एक नेचुरल एंटीबायोटिक हो जसले माइक्रोबियल र फंगल संक्रमणबाट बचाउछ । साथै च्याउ सेवन गर्दा च्याउमा पाईने भिटामिन बि, डि, पोटाशियम र आइरन तत्त्वका कारण मुटु, डायबिटीज, क्यान्सर र मोटोपनबाट बचाउछ ।

बढ्दो उमेरमा रोक

बढ्दो उमेरलाई रोक्न एंटीऑक्सीडेंट सबै भन्दा चाहिने तत्त्व हो जुन च्याउमा पर्याप्त मात्रामा पाइन्छ । यो एन्टीएजिंगको काम गर्छ । यो बाहेक च्याउमा धेरै थरिका औषधि युक्त गुणहरु समेत पाईन्छ जसले स्किनलाई जवान देखिने बनाउछ र बुढापन देखिनबाट जोगाउछ । यदि च्याउलाई उमालेर खानुहुन्छ भने झन् बढी फाइदाजनक हुनेछ । च्याउलाई पानीमा उसिन्दा बीटाग्‍लूकन बढ्ने हुँदा ग्‍लूकनमा सुधार आउनेछ ।

जाडो मौसममा च्याउ खाँदा झन् धेरै फाईदा हुन्छ । च्याउमा पाईने पौषक तत्त्वले रोक प्रतिरोधक क्षमता बढाउछ जसले गर्दा चिसोमा हुने बिमारीबाट टाढा राख्छ ।

च्याउलाई भिटामिन डिको सबै भन्दा राम्रो श्रोत समेत मानिन्छ । भिटामिन डिको कारण हड्डीलाई मजबुत बनाउछ । च्याउको सेवनले गर्दा अर्थराइटिस हुने सम्भावना समेत कम गराउछ ।

च्याउमा धेरै कम मात्रामा कार्बोहाइड्रेट्स पाईने हुँदा वजन र ब्लड सुगर लेवललाई सामान्य राख्न मद्दत पुर्याउछ ।

च्याउमा कोलेस्ट्रॉलको मात्रा पनि कम हुने हुँदा भोक धेरै लाग्दैन । जो व्यक्तिलाई भोक धेरै लाग्ने समस्या छ भने च्याउको सेवन उपयुक्त औषधि हुनसक्छ ।

च्याउको सेवाले गर्दा प्रोटेस्ट र स्तन क्यान्सरबाट पनि बचाउन मद्दत पुर्याउछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here