थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा देशभर २२३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६५७ पीसीआर परीक्षणमा १४७९ र ४६५६ जनाको एन्टिजेन परीक्षणमा ७६० जना गरी २२३९ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३१६ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here