कोपा अमेरिका: पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं, २६ असार । कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे भने जुवान क्वाड्राडोले थप एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १-० को अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा योशिमर योटुनले गरेको गोलसँगै पेरूले अग्रता लियो । दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक बनेको कोलम्बियाका लागि ४९औं मिनेटमा क्वाड्राडोले बराबरी गोल फर्काएका थिए ।

डियाजले ६६औं मिनेटमा गरेको गोलसँगै खेलमा पहिलो पटक कोलम्बियाले अग्रता लिएको थियो । ९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो ।

कोपा अमेरिका फुटबलको फाइनल खेल भने आइतबार बिहान हुनेछ । उपािधका लागि ब्राजिल र अर्जेन्टिना मैदानमा उत्रिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here