२८ वर्षदेखि उपाधिविहिन अर्जेन्टिनाको परिचय वदल्ने दवावमा मेस्सी

काठमाडौं, २६ असार । कोपा अमेरिका २०२१ को उपाधिका लागि दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिल आइतबार विहान भिड्दैछन् ।

३४ वर्षीय मेस्सी यो उपाधी अर्जेन्टिनालाई दिलाउन चाहन्छन् । त्यसका लागि उनलाई दवाव पनि छ ।

यति लामो फुटबल जीवनमा राष्ट्रलाई ठूलो उपाधि दिलाउन नसक्नुको पीडा मेट्ने अनि यो उपाधि म्याराडोनाप्रति समर्पित गर्ने उनको चाहना छ ।

यी दुई टोली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीका समर्थक नेपालमा पनि अत्यधिक रहेका छन् । ब्राजिल र अर्जेन्टिनाका समर्थक एक अर्काको प्रतिद्वन्द्वीको रुपमा सामाजिक सञ्जालमा अहिले बहस गरिरहेका छन् ।

फिफाका अनुसार अन्तर्राष्ट्रिय खेलका लागि यी दुई टोली १०५ पटक आमनेसामने भएका छन् ।

जसमा ४१ पटक ब्राजिलले जित हात पारेको तथा ३८ पटक अर्जेन्टिनाले बाजी मारेको थियो । यी दुई टोलीको २६ खेल भने बराबरीमा सकिएको छ ।

ब्राजिल र अर्जेन्टिना विश्वकपको खेलमा भने चार पटक आमनेसामने भएका छन् । जसमा ब्राजिलले २ खेलमा जित हात पारेको छ । एक खेल अर्जेन्टिनाले आफ्नो पोल्टामा पारेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

कोपा अमेरिकाका खेलहरुमा ३३ पटक भिडन्त भइसकेको छ । जसमा अर्जेन्टिनाले १५ खेलमा जित हात पारेको छ भने १० खेलमा ब्राजिलले जित हात पारेको छ । त्यस्तै यी दुई टोलीबीचको ८ खेल भने बराबरीमा सकिएको छ ।

अर्जेन्टिना टिम २८ वर्षदेखि उपाधि जित्न सकेको छैन । उसले पछिल्लो पटक सन् १९९३ मा मेक्सिकोलाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो ।

त्यसपछि टिम चार पटक (३ कोपा अमेरिका, एक विश्वकप) उपाधिको प्रतिस्पर्धामा पुगे पनि प्रत्येक पल्ट हार बेहोर्‍यो । अब पाँचौँ पटक अर्जेन्टिनालाई यस शृङ्खला तोड्ने मौका छ ।

मेस्सीसँग अर्जेन्टिनाका लागि कुनै उपाधि नजितेको परिचय बदल्नका लागि यो अन्तिम मौका हुनेछ । यो मेस्सीको पाँचौँ प्रमुख फाइनल हुनेछ र उनी यस पटक कुनै पनि हालतमा उपाधि जित्न चाहन्छन् । मेस्सी सन् २००७, २०१५, २०१६ कोपा अमेरिका र सन् २०१४ विश्व कपको फाइनलमा हार्ने अर्जेन्टिना टिमका सदस्य रहेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here