थप २१६९ जनामा कोरोना संक्रमण पुष्टी, २२ जना संक्रमितको मृत्यु

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा देशभर २१६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ जनाको एन्टिजेन परीक्षणमा ८१६जना गरी २१६९ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४हजार २१२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here