विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २७ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here