मेसी कोपा अमेरिकाका सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता

काठमाडौं, २७ असार । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कोपा अमेरिका २०२१ फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मेसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

१५ वर्षदेखि राष्ट्रका लागि खेलिरहेका उनले यसअघिसम्म उपाधि जित्न सकेका थिएनन्। यसपटक भने उनकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराउँदै उपाधि हात पारेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here