थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा देशभर १८३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५३५ पीसीआर परीक्षणमा १२३७ र ३६८३ जनाको एन्टिजेन परीक्षणमा ५९४ जना गरी १८३३ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १५३३ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here