तल्लो अरुण निर्माणका लागि भारतीय कम्पनी र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २७ असार । तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकार, लगानी बोर्डको कार्यालय भएको समझदारीपत्रमा बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट एसजेभीएन लिमिटेड इण्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका हुन् ।

प्रदेश १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि उक्त हस्ताक्षर भएको हो ।

पानी संकलन गरी केही घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने नदीप्रवाही (पिकिंग रन अफ दी रिभर) यस परियोजनाको अनुमानित लागत सन् २०१७ को विनिमयदर अनुसार एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ ।

तीन वर्षअघि लगानी लगानी सम्मेलनमा तल्लो अरुण परियोजनाका लागि लगानीकर्ता खोज्न केपी शर्मा ओली अध्यक्षताको लगानी बोर्डको बैठकले अनुमति दिएको थियो ।

गतवर्षको माघ महिनामा नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो ।

सतलजले अहिले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उसैले तल्लो अरुणको पनि जिम्मा पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here