पुरस्कारमा मात्रै ७७५ मिलियन युरो खर्च गरिएको युरोपकमा विजेता इटालीले कति पायो ?

काठमाडौं । इटालीले १६ औं संस्करणको युरो कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

इंग्ल्याणडको वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा रोकिएपछि भएको पेनाल्टीमा इटालीले बाजी मारेको हो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीको प्रहारले जाली चुमेको थियो । इंग्ल्याण्डका लागि ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे ।

इंग्ल्याण्डका मार्कस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न चुके । इटालीका आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।

यस बर्ष युरोकपमा विभन्न २४ टिमलाई हरेक समुहमा चार-चार देशको हिसाबले ६ समुहमा विभाजन गरिएको थियो । हरेक समुहका विजेता र उपविजेता टिम गरि १२ टिम तथा तेस्रो स्थानमा रहेका ६ टिमका उत्कृष्ट चार टिमसहित गरेर १६ टिम दोस्रो चरणमा प्रवेश गरेका थिए ।

त्यसपछिका खेलहरु नकआउट चरणमा सम्पन्न भएको थियो ।

विजेता इटालीले कति पायो ?

युरोकपमा सहभगी हुने सबै २४ टिम हरेकले ९.२५ मिलियन युरो अर्थात करिब एक अर्ब ३१ करोड नेपाली रुपैयाँ पाएका छन् । फेडेरेसन अफ युरोपियन फुटबल एसोसियसनले युरोकपमा सहभागी हुने हरेक टिमलाई यो रकम दिने घोषणा यसअघि नै गरेको थियो ।

यसरी युरोकपको उपाधि जितेको इटालीले पुरस्कार राशी मात्रै कुल ३४ मिलियन अर्थात ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पाएको छ ।

त्यस्तै, युरोपपमा सहभागी भएका २४ टिमले ९.२५ मिलियन युरो, समुह चरण खेल्ने हरेक देशलाई खेल जितेका टोलीले थप १.५ मिलियन र बराबरी खेलेका टोलीले ७ लाख ५० हजार युरो पाएका छन् ।

त्यस्तै अन्तिम १६ मा पुगेका हरेक टिमले २ मिलियन थप पाएका छन् । त्यस्तै क्वाटरफाइनलमा पुग्ने हरेक टिमले ३.२५ मिलियन युरो पाएका छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले थप ५ मिलियन युरो पाए ।

त्यस्तै उपाधि जित्ने टिमले १० मिलियन युरो र उपविजेताले ७ मिलियन युरो पाउने घोषणा युइएफएले यसअघि नै गरको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here