बिर्तामोडमा युवतीको शव अर्धनग्न अवस्थामा भेटियो

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ मा सोमबार बिहान एक युवतीको शव फेला परेको छ । प्रहरीका अनुसार शव अर्धनग्न अवस्थामा छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बिर्तामोड–५ स्थित सुमग पेट्रोल पम्पनजिक २६ वर्षीया सृजना बस्नेतको शव फेला परेको प्रहरीले बताएको छ । सृजना बिर्तामोड–५ मै सानीआमाको घरमा बस्दै आएको खुलेको छ ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here