काठमाडौं आइपुग्यो अमेरिकाले दिएको खोप, ५० देखि ५४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा

काठमाडौं, २८ असार । अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप काठमाडौं आइपुगेको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको विमानमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

दोहाबाट नियमित उडानका रुपमा आएको उक्त विमान सोमबार बिहान ९ः४७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिइएको बताए ।

राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री श्रेष्ठले उक्त खोप ५०-५४ उमेर समूहका नागरिकलाई लगाइने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here