शेयर बजार राताम्मै, नेप्से ४५ अंकले घट्दा १० अर्बको कारोबार

काठमाडौं, २८ असार । साताको दोस्रो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । पहिलो दिन उछाल देखिएको शेयर बजारमा सोमबार नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ अंकमा झरेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ८.६२ अंकले घटेर ५३४.८१ अंकमा झर्यो ।

आज सामुहिक लगानी कोष बाहेक सबै सूचक घट्यो । समुहिक लगानी कोष समुहको सूचक ०.१६ प्रतिशत बढ्यो । सोमबार सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक घट्यो । होटल एण्ड टुरिजम समुहको सूचक २.९० प्रतिशत घट्यो ।

सोमबार कारोबार रकममा भने बृद्धि भएको छ । आज २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै समुद्धि फाइनान्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ५.२४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाइड्रोपावरका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.३३ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गर्यो । कम्पनीले ४७ करोड २६ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here