दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं, २९ असार । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ वटामा बढेको छ भने १ वटा राताम्मे भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ भने विकास बैंक १.५४ प्रतिशतले बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबारमा भारी गिरावट आएको छ । हिजो सोमबार नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो । आज सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४५ करोड रुपैयाँको बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स २३ करोड र एनआइसी एशिया बैंकको २० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

बढ्दो बजारमा आज सेन्टर, समृद्धि, मञ्जुश्री, प्रोग्रेसिभ र आइसीएफसी फाइनान्सको शेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here