चैतसम्ममा सबैलाई निःशुल्क खोप, कोरोना रोकथामको खर्च सार्वजनिक गर्ने

काठमाडौं, ३० असार । सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप लगाउने निर्णय गरेको छ ।

आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाइने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here