खोप किन्‍न ५ अर्ब निकासा, फ्रन्टलाइनरलाई जोखिम भत्ता स्वीकृत

काठमाडौं, ३० असार । नवनियुक्त अर्थमन्त्री जनारदन शर्माले खोप खरिदको लागि ५ अर्ब रुपैंया निकासाको स्वीकृति दिएका छन् । बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन्।​

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो ।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने सरकारले तयारी थालेको छ ।

यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here