थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८११८ पीसीआर परीक्षणमा २०१० र ४९१६ जनाको एन्टिजेन परीक्षणमा ८९५ जना गरी २९०५ जनामा संक्रमण पुष्टी भएको हो ।

आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here